April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार

प्रधानमन्त्री ओलि र सभामुख सापकोटाबिच सिन्धुपाल्चोक विपत्तिको विषयमा छलफल

काठमाडौं, सिन्धुपाल्चोकमा बाढी पहिरोको कारण भएको विपत्तिको विषयलाई लिएर शनिबार साझँ प्रधानमन्त्री केपि शर्मा ओलि र शभामुख अग्निप्रसाद सापकोटाबिच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय तथा भौतिक क्षती एवम् अस्थायी बसोबास प्रबन्धको विषयमा जानकारी गराएका थिए ।

उक्त भेटमा सभामुख सापकोटाले जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यबस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयहरु उल्लेख गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुहुँदै सम्बन्धित कार्यहरु यथाशीघ्र अघि बढाइने बताए ।

साउन ३० गतेको लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका १ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाईएको छ । यही भदौ १० गते सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोबासका लागि आएका लिदीबासीलाई सोलार, भाँडाकुँडा, लत्ताकपडा एवम् सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिदी, जम्बु, मेलम्ची, फुल्पिङ लगायतका स्थानमा बाढी र पहिरोमा परी यस बर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन् ।

शीर्ष समाचार

धेरै पढिएको