December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

हेटौंडा सिमेन्ट उद्योग आजबाट सञ्चालनमा

  • 61
    Shares

मकवानपुर- कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ ।स्थानीय प्रशासनको स्वीकृतिमा आजदेखि उद्योग सञ्चालन गरेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिनुभयो । सिमेन्ट उत्पादनका लागि कच्चापदार्थ तथा जनशक्तिको अभाव नरहेका उल्लेख गर्दै अहिले पूर्ण क्षमतामा नभई आंशिकरुपमा अर्थात् प्रतिदिन नौ हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी सञ्चालन गरिएको बताइएको छ ।

काठमाडौंलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको र निर्माणसम्बन्धी काम बन्द भएकाले उत्पादन गरिएका सिमेन्ट बिक्री वितरणमा समस्या रहेकाले तत्काल पूर्ण क्षमतामा सञ्चालन हुनुपर्नेछ ।कोइलाको मात्रा कम भएकाले आगामी दिनमा कोइलाको अभाव हुन नदिन त्यसको टेन्डरसमेत भइसकेको छ । विश्वव्यापी रुपमा कोरोना फैलिएपछि २०७६ साल चैत ११ गतेदेखि नेपालमा लकडाउन भएपछि सो उद्योग पनि बन्द भएको थियो तर त्यस अवधि २०७६/७७ मा उत्पादन गरिएका चार लाख बोरा सिमेन्ट उद्योग बन्द भए पनि बिक्री गरिएको थियो ।

गत वर्ष २०७६ सालमा वैशाखदेखि फागुनमा उद्योग मेसिनमा खराबी कारण पटकपटक उद्योग बन्द भएको थियो । जसका कारण लक्ष्यअनुरुप सिमेन्ट उत्पादन नभई उद्योग घाटामा गएको हो । मेसिन मर्मत र पुरानो मेसिनले सञ्चालनमा धेरै रकम खर्च भएको बताइएको छ ।उद्योगमा रहेका मेसिनहरु धेरै पुराना भएको कारण कार्य क्षमतामा ह्रास आएकाले उत्पादन लागत बढी भएको भन्दै उद्योगले क्षमता विस्तार गर्ने लक्ष्यसमेत राखेको उद्योग प्रशासनले जनाएको छ ।

आर्थिक वर्ष २०७२/७३ देखि निरन्तर नाफामा गइरहेको सिमेन्ट उद्योग २०७५/७६ मा मेसिन खराबीका कारण लामो समय बन्द रहँदा घाटामा गएको बताइएको छ । आधुनिक मेसिन जडान गरी काम गर्दा सिमेन्टका उत्पादन लागत कम रहने र धेरै सिमेन्ट उत्पादन भई अन्य सिमेन्ट उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न सकिने त्यहाँका कर्मचारीहरुको भनाइ छ । ntv

शीर्ष समाचार

धेरै पढिएको