April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार

लम्पी स्किन रोगले याक र चौरि समेत मर्न थाले

गाईभैंसीमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग रसुवाका उच्च क्षेत्रमा रहेका चौंरी गोठहरुमा समेत देखापरेको छ । लम्पी स्किन रोगका कारण एक याकसहित २१ वटा चौंरी मरेको गोसाँईकुण्ड गाँउपालिका पशु सेवा शाखाका प्रमुख सुरेश बडालले जानकारी दिनुभयो ।

जिल्लाको गोसाँईकुण्ड गाँउपालिका ५ को चोलाङ्पाटी तथा ६ नम्बर वडाको पाङ्लिङ खर्कका चौरी गोठहरुमा रहेका चौरीहरुमा लम्पी स्किन देखा परेको छ । ३ हजार मिटर देखि ३ हजार ८ सय मिटर उचाइमा चरणका लागि लगिएका चौंरीमा लम्पी स्किनको प्रकोप देखिए पछि यहाँका किसान चिन्तित भएका छन् ।

रोगको लक्षण देखिएका पशुहरुलाई लक्षणका आधारमा सामान्य तया ज्वरो नियन्त्रण गर्ने औषधि, खाना रुचि गराउने औषधि आवश्यकताकाअधारमा एन्टीबायोटिक र छालाको संक्रमण नियन्त्रण गर्न एन्टीसेप्टिक औषधिको प्रयोग गरिदै आएको पशुशाखा कार्यालयले जनाएको छ ।

गोसाँईकुण्ड गाँउपालिकाको यस क्षेत्रमा दुई दर्जन गोठका ७ सय भन्दा बढी चौरी मध्य असारमा चरणका लागि सो क्षेत्रमा लैजाने गरिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको