June 15, 2024, Saturday
२०८१ असार २, शनिबार

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित्

संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित् भएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको बैठक विशेष परिस्थितिका कारण अनिश्चितकालका लागि स्थगित भएको संसदका महासचिव भरतराज गौतमद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

“मिति २०८० साल साउन १ गते सोमबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,” डा.गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको