November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

मन्त्री बस्नेतको अभिव्यक्तिलाई लिएर स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री मोहनबहादुर बस्नेतको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सार्वजनिक गरेको छ।बिहीबार मन्त्रालयका सूचना अधिकारी डा पवन कुमार शाहद्धारा हस्ताक्षरित विज्ञप्तीअनुसार मन्त्री बस्नेतले कर्मचारीको मनोबल उच्च राख्न सो भाषा प्रयोग गरेको बताएको छ।

संघ पूल दरबन्दीमा रहेका एकजना विशेषज्ञ चिकित्सकलाई खटाइएको ठाउँमा काम गर्न सम्झाईबुझाई गर्दा पनि आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटक-पटक धम्कीको भाषा प्रयोग गरेको उक्त विज्ञप्तीमार्फत भनिएको छ।

गत सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालयले खटाएको कार्यक्षेत्रमा नजाने कर्मचारीको सरुवा फिर्ता नहुने बताउँदै बरु आत्महत्याका लागि डोरी दिन सकिने तर सरुवा फिर्ता गर्न नसकिने मन्त्री बस्नेतले अभिव्यक्ति दिएका थिए।

सरुवा फिर्ताका लागि एक कर्मचारीले मन्त्रालयका सचिवसँग आएर दंग्याएको, घुक्र्याएको बताउँदै उनले भनेका थिए,‘उहाँले केही गर्न पर्यो, आत्महत्या गर्छु भन्नुभयो भन्नुभो (सचिवको भनाई)। उसोभए डोरी लग्दिनुस् भने मैले।

डोरी लग्दिनुस्, सचिवज्यूहरुकोमा झुण्डिन अप्ठ्यारो लाग्यो भने मन्त्रीज्यूको गेटमा गएर झुण्डिनुस् भन्दिनु भने मैले। उहाँले (सचिवले) त्यो भनेपछि खुरुक्क उठेर हिँड्नुभयो,’– मन्त्रीले भनेका थिए।उनको उक्त अभिव्यक्तिलाई लिएर अहिले सर्वत्र आलोचना भएपछि मन्त्रालयले नै विज्ञप्ती निकालेको हो।

शीर्ष समाचार

धेरै पढिएको