लियो क्लब अफ काठमाडौँ युनाइटेड गठन
विष्णुप्रसाद तिमिल्सिना
काठमाडौँ, असार २६ गते । विद्यार्थी भाइबहिनीहरूलाई सामाजिक सेवा कार्यमा अग्रसरता गराउने उद्देश्यका सेन्ट लरेञ्ज कलेजमा लियो क्लब अफ काठमाडौँ युनाइटेडले गठन गरेको छ ।
शैक्षिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ युनाइटेड क्लब गठन गरिएको हो । यस क्लबका चार्टर प्रेसिडेन्ट केशवप्रसाद दंगाल भएको क्लबका प्रेसिडेन्ट तथा सेन्ट लरेञ्ज कलेजका प्राचार्य पुरुषोत्तम महर्जनले बताए ।
प्राचार्य महर्जन भन्छन्–‘हामीले विद्यार्थीहरूलाई शिक्षाको अतिरिक्त क्लबमार्फत व्यवहारिक ज्ञानहरू सिकाउने कार्यमा हातेमालो गर्दै हिँड्नका लागि लियो क्लब अफ काठमाडौँ युनाइटेड गठन गरेका हौँ । अब विद्यार्थी भाइबहिनीहरू लियोमार्फत संगठित भई सामाजिक कार्यहरूमा अग्रसर हुनेछन् ।’
सेन्ट लरेञ्ज कलेज परिसरमा लायन्स क्लब अफ काठमाडौँ युनाइटेड र सेन्ट लरेन्ज कलेजको संयुक्त आयोजनामा भर्खरै रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए ।
उनी भन्छन्– ‘कागजी शिक्षा लिनु मात्रै अबका विद्यार्थी भाइबहिनीहरूको दायित्व होइन । प्रत्येक आमाबुबाले आफ्नो सन्तानहरूले घर,परिवार, समाज र राष्ट्रको लागि समेत केही न केही तबरबाट योगदान पु¥याउन् भन्ने सोच राखेका हुन्छन् । सबैको चाहना हुन्छ, आफ्नो सन्तान राम्रो मात्र होइन असल र सेवा कार्यमा सदैव लागिपरोस् भन्ने । यही संस्कारको थालनी गर्न हामीले सेन्ट लरेञ्ज कलेजका भाइबहिनीहरूलाई लियोमा आवद्ध गराई सामाजिक कार्यमा डो¥याएका हौँ । ’
प्रतिकृया दिनुहोस्