September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

संसद्‍ले बनाएको प्रधानमन्त्री- दिल्लीले बनाएको बारे अभिव्यक्ति गम्भिर

नेकपा (एमाले)का सचेतक महेश बर्तौँलाले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई एमालेले गम्भिरतापूर्वक लिएको बताएका छन्।बुधबार संसद् भवन अगाडि सञ्चाकर्मीसँग कुराकानी गर्दै सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई आफूहरूले गम्भिरतापूर्वक लिएको बताएका हुन्।

उनले भने, ‘संसद्ले बनाएको प्रधानमन्त्रीले संसद्‍ले बनाएको होइन दिल्लीले बनाएको भन्ने अभिव्यक्ति हामीले गम्भिरतापूर्वक लिएको छौं। प्रधानमन्त्रीले संसद् र जनतादेशको अपमान हो। यो प्रधानमन्त्रीको नीजि बिषय होइन। हामीलाई लागेको थियो प्रधानमन्त्री संसद्ले बनाएको भन्ने तर उहाँ त काहीँ कतैबाट बनेको व्यवहार देखाउनुभयो। त्यहीँ अनुसार हामी भूमिका निर्वाह गर्छौं।’

शीर्ष समाचार

धेरै पढिएको