July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार

टिपरको ठक्करबाट इटहरीमा २२ वर्षिया छोरी र आमाको मृत्यु

सुनसरी- इटहरीको मुख्य चोकमा टिपरको ठक्करबाट घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

हिजो दिउँसो कान्छाराम कन्ट्रक्सनको ना १ ख ९१०७ नम्बरको टिपरको ठक्करबाट को १४ प ५२४ नम्बरको स्कुटरमा सवार इटहरी ८ की ३९ बर्षीय सरिता चौधरीको घटनास्थलमै मृत्य भएको थियो ।

सरिताकी २२ वर्षिया छोरी अनुष्का घाइते भइ विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा गएराती उनको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

घटनापछि प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो । तनावग्रस्त स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छाड्नु परेको थियो भने दुई प्रहरी घाइते भएका छन् ।