June 15, 2024, Saturday
२०८१ असार २, शनिबार

कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन: अध्यक्ष केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताउनुभएको छ ।सङ्घीय संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताउनुभयो ।

“हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । बयासी प्रदेशसभा सदस्यले पास गरेर नामकरण गरिएको हो”, उहाँले भन्नुभयो, “हामी नामकरणबाट भाग्दैनौँ ।” गत फागुनमा प्रदेश नं १ को नाम कोशी राखिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको