May 22, 2025, Thursday
२०८२ जेष्ठ १०, शुक्रबार

संगठन विस्तारमा जुटेबाबुराम,६ महिना अभियान चलाउने घोषणा

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीको संगठन निर्माणमा सक्रिय हुने भएका छन् । पछिल्लो समय माओवादी केन्द्रसँगको सम्बन्ध चिसिएपछि भट्टराई आफ्नै पार्टीको संगठन मजबुद बनाउन लागिपरेका छन् ।उनले छिट्टै संगठन विस्तार अभियान चलाउने घोषणा गरेका छन् ।

उक्त अभियान भने ६ महिनासम्म चल्ने जनाईएको छ। केन्द्रीय अभियान परिचालन मुल समितिको संयोजक बसेका छन् ।यस्तै, सचिवालय समितिमा अर्का अध्यक्ष महेन्द्र राय यादव, गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङ्तान, विश्वदीप पाण्डे र हरि रिजाल छन्। बाबुराम हालै गठन भएको चार दलीय समाजवादी मोर्चामा समेत समेटिएनन् ।

अहिले उनी प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि रुष्ट छन् । दाहालले आफूलाई धोका दिएको बाबुरामको बुझाई छ । समितिले संगठन निर्माण र विस्तारसम्बन्धी अभियानको निर्णय र योजना तय गर्नेछ।