संसदीय इतिहासमा पहिलोपटक बजेटमाथि मतदान, २०८०/०८१ बजेट बहुमतले पारित भयाे

काठमाडौं, १३ असार गते,
आर्थिक वर्ष २०८०/०८१ बजेट बहुमतले पारित भएको छ । आज प्रतिनिधि सभाको बैठकमा एमालेले मत विभाजनको माग गरेपछि मतदान भएको थियो । आजको संसद् बैठकमा उपस्थिति संख्या दुई सय ५५ रहेको थियो । बजेटको पक्षमा एक सय ४७ मत परेको थियो भने विपक्षमा १०८ मत परेको थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप लगाएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरेका हुन्।
एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी लगायतले विपक्षमा मतदान गरेका थिए । नेपालको संसदीय इतिहासमा विनियोजन विधेयकमाथि मतदान भएको यो नै पहिलो हो ।
संसद्मा बजेटमाथि पहिलोपटक मतदान भएको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मतदानको माग गरेको थियो । सोहीअनुसार सभामुख देवराज घिमिरले मतदानको आह्वान गरेका थिए ।
बजेट बहुमतले पारित पनि भैसकेको छ । जम्मा २५५ जना सांसद उपस्थित् रहेकोमा विद्येयकको पक्षमा १४७ मत खसेको थियो । र, विपक्षमा १०८ खसेको थियो । मत दिन्न भन्नेमा शून्य मत परेको थियो । संसदीय इतिहासमा यो पहिलोपटक विनियोजन विद्येयकमाथि मतदान भएको हो ।
प्रतिकृया दिनुहोस्