May 22, 2025, Thursday
२०८२ जेष्ठ १०, शुक्रबार

ललिता निवास प्रकरणमा एक सय ४३ रोपनी जग्गा सरकारी जमिन हिनामिना

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा एक सय ४३ रोपनी सरकारी जग्गा हिनामिना भएको बताएको छ ।

आज (बुधबार) पत्रकार सम्मेलन गर्दै व्युरोले उक्त प्रकरणमा अहिलेसम्म चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको र बाँकी आरोपितहरु पनि छिट्टै पक्राउ पर्ने बताएको छ ।

उक्त प्रकरणमा पक्राउ पर्नेहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्म प्रसाद गौतम, मालपोत कर्मचारी गोपाल गौतम र भक्तपुरका मालपोत अधिकृत सुधीर साह रहेका छन् ।

ललिता निवास प्रकरणमा सरकारी किर्ते भएकाले मुलुकी ऐन २०२० अनुसार हदम्याद नरहने अर्थात अनुसन्धानका लागि असीमित हदम्याद रहेको सिआईबीले जनाएको छ । पक्राउ परेका गुरुङको नाममा २९ रोपनी जग्गा फेला परेको सिआईबीले बताएको छ ।