संयुक्त राष्ट्र संघका उपमहासचिव जिन नेपाल भ्रमणमा आउँदै
संयुक्त राष्ट्रसंघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स चार दिवसीय भ्रमणमा आज नेपाल आउँदैछन् ।उपमहासचिव ल्याक्रोइक्सको भ्रमण कार्यसूची अनुसार उनले यस भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पुर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्नेछन् ।
यसैगरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उनले यस क्रममा नेपालले विश्वको शान्ति प्रक्रियामा दिएको योगदानका बारेमा उनले प्रशंशा गर्ने तथा थप जानकारी लिने कार्यक्रमसमेत रहेको छ ।
संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा भने नेपाल पहिलो नम्बरमा छ ।
प्रतिकृया दिनुहोस्