May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

‘सुशासनका लागि अनलाइन सेवा’ सञ्चालन गर्न काठमाडौं महानगरद्वारा १५ करोड विनियोजन

काठमाडौं महानगरपालिकाले महानगरबाट प्रदान गरिने सबै प्रकारका सेवाहरुलाई अनलाइनबाट गराउने कार्यलाई गौरवको रुपमा लिँदै ‘सुशासनका लागि अनलाइन सेवा’ नामक कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

महानगरपालिकाको १३औं नगर अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डंगोलले उक्त कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेकी छन् ।महानगरले आगामी आर्थिक वर्ष २०८०-८१ मा उक्त कार्यक्रम सञ्चालन गर्नका लागि रु १५ करोड रकम विनियोजन गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको