
काठमाडौं महानगरपालिकाले महानगरबाट प्रदान गरिने सबै प्रकारका सेवाहरुलाई अनलाइनबाट गराउने कार्यलाई गौरवको रुपमा लिँदै ‘सुशासनका लागि अनलाइन सेवा’ नामक कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।
महानगरपालिकाको १३औं नगर अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डंगोलले उक्त कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेकी छन् ।महानगरले आगामी आर्थिक वर्ष २०८०-८१ मा उक्त कार्यक्रम सञ्चालन गर्नका लागि रु १५ करोड रकम विनियोजन गरेको छ ।





