June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

जलहरी प्रकरण छानविनका लागि अख्तियारको टोली पशुपतिमा पुग्याे

जलहरी प्रकरणमा भएको भ्रष्टाचार छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोली पशुपति नाथको मन्दिरमा पुगेको छ । आज (आईतबार) अख्तियारको टोली पशुपति परिसरमा गएको हो । अख्तियारको टोली आएपछि अहिले सर्वसाधरणलाई पशुपति प्रवेशमा रोक लगाइएको छ । पशुपति परिसरमा बाक्लोमात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

आयोगको टोली अचानक पशुपति पुगेको हो । आयोगको टोलीले सुरक्षा घेराभित्र जलहरीको नापचाँच गरिरहेको छ । पशुपति परिसरलाई नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको घेरामा राखी आयोगले जलहरीको नापजाँच गरिरहेको हो ।

खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू पनि आयोगको टोलीमा संलग्न रहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा सुनको जलहरी राख्दा अनियमितता भएको कुरा केही समय अगाडि संसदमा उठेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको