December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

सबै स्थानीय तहमा अस्पताल सेवा विस्तार हुने, आजै रु ६४ करोड निकासा

फाइल फोटो

काठमाडौं, स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने भएको छ । मुलुक विश्वव्यापी कोभिड १९ को महामारीमा परिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले आज सो निर्णय गरेका छन । यो निर्णयसँगै अस्पताल नभएका ६४९ तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै शुरू हुनेछ ।

सोका लागि आवश्यक औजार र उपकरण खरिदका लागि आजै रु ६४ करोड निकासा भएको छ । यी अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबिबिएस गरेका चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाइ नै दिइएको छ । यसरी सबै स्थानीय तहमा अस्पताल सेवा विस्तारका लागि सङ्घीय सरकारको यो पहिलो निर्णय हो ।

शीर्ष समाचार

धेरै पढिएको