April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार

भारतीय चलचित्र प्रर्दशन गर्न पोखरामा पनि रोक

काठमाडौं, बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर पोखरा महानगरपालिकाले पनि आजदेखि पोखरामा भारतीय चलचित्रको प्रर्दशनमा रोक लगाएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले आजदेखि पोखराका सिनेमा घरमा भारतीय चलचित्रलाई प्रतिबन्ध लगायने निर्णय गरेका हुन् । महानगर प्रमुख आचार्यले सिनेमा घरहरूलाई चलचित्र आदिपुरुषमा भएको त्रुटि नसच्चिएसम्म भारतीय चलचित्र नचलाउन पत्राचार गरेका छन्।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौं महानगरको निर्णयपश्चात पोखरा महानगरले पनि हल सञ्चालकलाई फिल्म नचलाउन निर्देशन दिएको हो।

शीर्ष समाचार

धेरै पढिएको