April 30, 2025, Wednesday
२०८२ बैशाख १७, बुधबार

दक्षिण कोरियाले ‘सीप बिल्डिङ’को काममा २५ सय नेपाली लैजाने,छिटै आवेदन खुल्दै

दक्षिण कोरियाले पानी जहाज बनाउने काम ‘सीप बिल्डिङ’ मा नेपाली श्रमिक लैजाने भएको छ ।रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत नै दक्षिण कोरियाले सीप बिल्डिङको काममा नेपाली श्रमिक लैजाने तयारी भएको र अबको केही दिनमा नै सूचना जारी हुने कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिनुभयो ।

अहिले रोस्टरमा नाम भएका ८९२ जनाको छनौट प्रक्रिया भइरहेको छ । अबको केही दिनमा नै थप २५ सय जनाको आवेदन माग हुने निर्देशक कटुवालले बताउनुभयो ।

‘यसअघि पनि नेपालीहरू सीप बिल्डिङको काममा नजानु भएको होइन जानुभएको हो, तर यहाँबाट जाने बेलामा नै यो काम पर्छ भन्ने यकिन हुँदैन थियो’ उहाँले भन्नुभयो ‘अब भने छुट्टै क्षेत्र नै तोकेर कोरियाले श्रमिक माग गरेको छ ।’

सीप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनौटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ ।

यसअघि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा श्रमिकहरू इपीएस प्रणालीमार्फत दक्षिण कोरिया गइरहेका छन् । इपीएस प्रणालीमार्फत दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सीप परीक्षण दुवैमा पास हुनुपर्छ ।

शीर्ष समाचार

धेरै पढिएको