December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

हालसम्म नेपालकाे ७१ जना पत्रकारमा काेराेना संक्रमण, उपचारकाे उचित व्यवस्था गर्न महासंघको माग

काठमाडौं – हालसम्म नेपालकाे ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भभएका छन् । पत्रकारहरुलाई स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघले अपिल गरेकाे छ ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको छ ।

पछिल्लो समय संक्रमणको दर वृद्धि भएसंगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । नेपाल पत्रकार महासंघमा अभिलेख भएअनुसार उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएकाे संघले जानकारी गराएकाे छ । जसमा केही पत्रकार महिलामा समेत सक्रमण देखिएको छ ।

महासंघको अभिलेखअनुसार मलुकका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन् । जसअनुसार प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन् । त्यस्तै प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । जसमा पर्सा १३, बारा ४, धनुषा २, सप्तरी ३, सर्लाही ३, महोत्तरी १ र रौतहटमा १ जना रहेका छन् ।

बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित हुन पुगेका छन् । जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएक छन् । यसैगरी गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । जसमा कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन् । प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति हुन पुगेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् । संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेका छन् । महासंघले उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेकाे छ । यो विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेकाे छ ।

विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग समेत गरेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको