April 13, 2024, Saturday
२०८१ बैशाख २, आईतवार

भारतबाट ल्याएको अवैध मलसहितको ट्रक प्रहरीले नियन्त्रणमा

पाल्पा- पाल्पामा भारतबाट ल्याएको अवैध मलसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । रम्भा गाउँपालिका वडा नं १ हुँगीमा अवैधानिक युरिया मल सहित ट्रक पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको जनउर्वरक परियोजना भारत लेखिएको बील भरपाई र पास नभएको ३ सय ७२ बोरा युरिया मल प्रहरीले खानतलासीको क्रममा बरामत गरेको हो ।

चेकिङ डियूटिमा रहेको हुँगी प्रहरीले नवलपरासीबाट पाल्पा आउँदै गरेको ट्रकमा प्रहरी खानतलासीको क्रममा लु २ ख ३८१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा अवैध मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो । मल, ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको