वैदेशिक रोजगार बोर्डले महिलालाई निःशुल्क गार्मेन्ट मेसिन अपरेटरको तालिम प्रदान गर्दै
काठमाण्डौ , असार पहिलो हप्तादेखि वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका महिलाहरूलाई गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम निःशुल्क प्रदान गर्ने भएको छ ।
बिहीबार एक सूचना जारी गर्दै बोर्डले राहदानी बनाएका वा बनाउन सम्बन्धित निकायमा राजस्व बुझाइसकेका इच्छुक महिलाहरूलाई गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम लिने चाहना भएमा सात दिन भित्र सम्पर्क गर्न आह्वान गरेको छ ।
यो सीप तालिम काठमाण्डौ उपत्यकाका विभिन्न नौ वटा तालिम प्रदायकले प्रदान गर्ने छन् । पहिलो चरणमा बोर्डले यो सीप तालिम पाँच सय जनालाई प्रदान गर्दै छ ।
यो सीप तालिम लिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ । आवेदन फारम निःशुल्क बुझाउन सकिन्छ ।
यो सीप तालिम आवासीय हुनेछ । खाने बस्ने सुविधासहितको यो तालिम लिएबापत पैसा तिर्न पर्दैन ।
तालिम लिन यी संस्थामा सम्पर्क गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस्