April 13, 2024, Saturday
२०८१ बैशाख २, आईतवार

सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित हुन बाह्रबिसे नगरकाे स्थानीयहरुलाई अनुरोध

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिकाले यहि जेठ ३१ गते हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित हुनका लागि आम नगरबासीहरुलाई अनुराेध गरेकाे छ ।

उक्त कार्यक्रममा बाह्रबिसे नगरपालिका काे आर्थिक वर्ष २०७९ र २०८० काे नीति कार्यक्रम तथा कार्य प्रगतिको समिक्षाका साथै सार्वजनिक सुनुवाइ कार्यक्रम गरिनेछ ।

साेहि कार्यक्रममा उपस्थित हुने नगरवासिले सल्लाह ,सुझाव र गुनासो भएमा सम्बन्धित पक्षसँग प्रत्यक्ष राख्न पाउने कुरा नगरपालिकाले जेठ २३ गते एक सुचना मार्फत जानकारी गराएको छ।

आफ्ना सल्लाह सुझाव र प्रतिक्रियाहरु प्रत्यक्ष राख्न पाउने भएकाेले सराेकारवाला व्यक्तिहरु अनिवार्य उपस्थित हुन नगरपालिका का मेयर बालकृष्ण बस्नेतले आग्रह गर्नुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको