December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

काठमाडौंमा तिव्ररुपले काेराेना संक्रमण फैलदै, आज मात्रै ४१५ मा पाेजेटिभ

काठमाडौं, काठमाडौं उपत्यकामा काराेना संक्रमण तिव्र रुपले फैलदै गएकाे छ । आज एकै दिन ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ सय २७ जनामा कोरोना संक्रमित मध्ये काठमाडौमा मात्रै ४ सय १३ जना थपिएकने हाे ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार २ सय २२ जनाको पिसीआर परिक्षणमा ९ सय २७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका छन् ।

शुक्रबार काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३५० जना ,ललितपुरका ११ जना, र भक्तपुरका ५४ जना रहेका छन् । देशभर अाजमात्र १२ जना संक्रमितको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको