April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार

प्रधानमन्त्री प्रचण्डले गरे मोदीलाई नेपाल भ्रमणको निम्तो

चार दिने औपचारिक भ्रमणमा भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।दुई प्रधानमन्त्रीबीचको भेटका अवसरमा प्रधानमन्त्री दाहालले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

हैदरावादमा आज भएको दुई देशबीचका प्रतिनिधिहरुबीच केही महत्वपूर्ण विषयको सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।जसमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण र ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजना तथा कञ्चनपुरमा निर्माण हुने दोधारा चाँदनी सुख्खा बन्दरगाह भारतलाई बनाउन दिने लगायतका विषय रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको