December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

कक्षा १२ को परीक्षा असोजभित्र गर्न अनेरास्ववियूको माग

काठमाडौं, कोरोना महामारिको कारण स्थगित भएको कक्षा १२ को परिक्षा यहीँ असोजभित्र होम सेन्टरको व्यवस्था गरि गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियनले माग गरेको छ।

अहिलेको विषम परिस्थितिमा सहज नभएको सन्दर्भमा वैकल्पिक माध्यमबाट परिक्षा सञ्चालन गर्न माग गरेको हो । त्यसका लागि कक्षा ११ आधारमा ५० प्रतिशत मूल्याङ्कन गर्ने र बाँकी ५० प्रतिशत अनलाइनमार्फत् गरेर परीक्षा गर्नुपर्ने माग अघि सारेको हो ।

अनेस्ववियू सह-संयोजक रञ्जित तामाङले शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। शैक्षिक शत्र र ज्वलन्त शैक्षिक विषयबारे शिक्षा मन्त्रालयलाई २१ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।

महामारीका कारण शैक्षिक सत्र खेर जान नदिन सरकारले अहिले देखि नै विकल्पहरूबारे तयारी गर्नुपर्नेमा अनेरास्ववियूले जोड दिएको छ ।

यस्तो छ अनेरास्ववियूले जारी गरेको ज्ञापनपत्र

विद्यालय शिक्षा

१। विद्यालय तहमा यस वर्षको शैक्षिक सत्र हरहालतमा कायम हुने गरी विशेष निर्णयमार्फत् वैकल्पिक सिकाइ प्रणाली र परीक्षा प्रणाली अवलम्बन गर्ने।

२। स्थानीय तहको निगरानीमा अनलाइन माध्यम वा भौतिक दूरी कायम गरी सुरक्षित ढंगले विद्यार्थी भर्ना तथा कक्षा उन्नतिको व्यवस्थित अभिलेखीकरण गर्ने।

३। स्रोत साधनको पहुँचका आधारमा स्थानीय तह र सम्बन्धित विद्यालयले सबै प्रविधिको पहुँच नभएका, रेडियोरएफएममा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटररमोबाइल भएका तर अनलाइन पहुँच नभएका र इन्टरनेटमा पहुँच भएका विद्यार्थीको पहिचान र वर्गीकरण गरि तद्अनुरुपकै सापेक्षतामा वैकल्पिक सिकाइ प्रणालीलाई प्रभावकारिताका साथ व्यवस्थित गर्ने।

४। शिक्षा मन्त्रालयले असार १ गतेबाट लागू गरेको वैकल्पिक प्रणालीवाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका ०७७ को व्यवस्थित तथा वैज्ञानिक समीक्षा र अनुगमन गरी त्यसलाई औपचारिक शैक्षिक सत्रको अंग बनाउने गरी तयारी अघि बढाउने।

५। नयाँ सन्दर्भमा विद्यालय तहको पाठ्यक्रम र पाठ्यभारलाई परिमार्जन गरि दसैँतिहार लगत्तै पठनपाठनको सुरूआत गर्ने। कोरोना महामारी नियन्त्रण भयो भने विद्यालय सुचारु गर्ने र सहज नभए अनलाइन तथा विविध वैकल्पिक सिकाइ प्रक्रियालाई अघि बढाउने।

६। कक्षा १२ को परीक्षाको लागि होम सेन्टरको व्यवस्था गरी असोज महिनामा गर्ने गरी तयार गर्ने। कोरोना सहज भएमा होम सेन्टरको व्यवस्था गरी जतिसक्दो छिटो परीक्षा सञ्चालन गर्ने। सहज नभएको सन्दर्भमा वैकल्पिक माध्यमबाट परीक्षा लिने। त्यसका लागि कक्षा ११ आधारमा ५० प्रतिशत मूल्यांकन गर्ने र बाँकी ५० प्रतिशत अनलाइन भाइबर तथा ओपन बुक इक्जाम आदि प्रणाली अवलम्बन गर्ने।

७। अझै पनि पाठ्यपुस्तक नपुगेका विद्यार्थीहरू भएका ठाउँमा अविलम्ब पुर्‍याउन विशेष व्यवस्था गर्ने।

८। शैक्षिक वातावरण बनाउन आइसोलेसन र क्वारेन्टिनहरू रहेका विद्यालयहरूमा डिस्इन्फेक्सन गर्ने तथा क्वारेन्टिनको वैकल्पिक व्यवस्था गर्ने।

९। संस्थागत विद्यालयहरुको हकमा अनलाइन कक्षाहरूको शुल्क निर्धारण गरी कार्यान्वयन र अनुगमन गर्ने। तर, विद्यार्थीले नलिएका सुविधा र शीर्षकमा अनावश्यक शुल्क लिन नपाइने।

१०। अनलाइन शिक्षा लगायतका विशेष शिक्षाको लागि विशेष योग्यता भएका विशेष जनशक्तिलाई करारमा भर्ती गर्ने र स्वयंसेवक शिक्षकको भर्तीको व्यवस्था गर्ने।

११। कक्षा ११ मा भर्ना हुनका लागि यस वर्ष तय गरिएको एसईई ग्रेडिङ मापदण्डलाई स्थगित गरी गत वर्षको मापदण्डअनुसार नै भर्ना गर्ने व्यवस्था गर्ने।

विश्वविद्यालय तह

१२। त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालयहरूमा यस वर्षको शैक्षिक सत्र कायम हुने गरी वैकल्पिक पढाइ र परीक्षा प्रणालीको तयारी सुरु गर्ने।

१३। अनलाइन तथा वैकल्पिक कक्षा र परीक्षा प्रणालीको तयारी र सञ्चालन गर्ने अधिकार सम्बन्धित विभाग तथा डिन कार्यालयलाई प्रदान गर्ने। संकायको सापेक्षतामा पढाइ र परीक्षाको विशेष व्यवस्था गर्ने।

१४। पठनपाठनको हकमा स्वतः सेमेस्टर अपग्रेड गर्ने र सहज भएको समयमा क्रमशः बाँकी रहेका सबै समेस्टरहरूको परीक्षा गराउने।

१५। अन्तिम परीक्षाको हकमा पनि विशेष र वैकल्पिक प्रणाली लागू गर्ने।

१६। रिक्त रहेका विश्वविद्यालयहरूमा यथाशीघ्र पदाधिकारी नियुक्ति गर्ने।

१७। सरकारले विद्यार्थीलाई लक्षित गरेर सबै शिक्षण संस्थाहरूमा वाइफाइ तथा विद्यार्थीहरूलाई सुपथरूपमा एनटीसी तथा एनसेल डाटा प्याकको व्यवस्था गर्ने।

१८। सम्पूर्ण विश्वविद्यालयहरूले मातहत कलेजलाई आफ्ना सम्पूर्ण विद्यार्थीलाई सम्पर्कमा ल्याई वैकल्पिक सिकाइका माध्यमबाट पठनपाठन कार्यलाई नियमित गर्ने।

१९। सम्पर्ण शिक्षण संस्थाहरूमा कोरोना भाइरस संक्रमणबाट बच्ने उपायाहरूको पूर्व तयारी गर्ने।

२०। नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिललगायत सम्पूर्ण व्यावसायिक परिषद्बाट लिइने लाइसेन्स परीक्षाहरू वैकल्पिक प्रणालीद्वारा सञ्चालनको व्यवस्था गर्ने।

२१। एमडीरएमएसरएमडीएसलगायत स्वास्थ्यका स्नातकोत्तर तहका रोकिएर सम्पूर्ण प्रवेश परीक्षाहरूको वैकल्पिक व्यवस्थाद्वारा सञ्चालन गर्ने।



शीर्ष समाचार

धेरै पढिएको