November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

सङ्खुवासभामा हेलिकप्टर दुर्घटना, घाइतेलाई थप उपचारका लागि काठमाडौं लगियो

संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।गम्भीर घाइते भएका पाईलट सुरेन्द्र पाण्डे र स्थानीय भविन गुरुङलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हो ।

पाइलट पाण्डेलाई सिम्रिक एयरको हेलिकप्टरबाट र स्थानीय गुरुङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गुरुङ अचेत अवस्थामा हुनुहुन्छ भने पाण्डे सामान्य बोल्न सक्ने अवस्थामा रहनुभएको छ । हेलिकप्टरमा सवार स्थानीय दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

भोटखोला गाउँपालिका –५ को राप्साबाट उडेको हेलिकप्टर भोटखोला –४ नम्बरको दिदिङ्खा भन्ने स्थानमा अवतरणको क्रममा आज शुक्रबार दिउँसो १ः२० बजे दुर्घटना भएको हो । उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ ।

हेलिकप्टर अवतरणको क्रममा पङ्खा पहाडीको भीरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएस्पी बिरेन्द्र गोदारले जानकारी दिनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको