June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ, काठमाडौं ल्याईदै

एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि सन्दीपलाई प्रहरीले हिजाे साँझ बुटवलबाट पक्रउा गरेको हो । उनलाई भोलि (बिहीबार) काठमाडौं ल्याईने प्रहरी स्रोतले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि काठमाडौं प्रहरी परिसरले आजमात्रै जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

टोपबहादुर भने आज गृहजिल्ला अर्घाखाँची थिए । उनले भने आफूलाई पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । र, यो प्रकरणमा आफ्नै कुनै संलग्नता नभएको उनको दाबी छ ।

यही प्रकरणमा प्रहरीले हिजोमात्रै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राईलाई पक्राउ गरेको छ । आजमात्रै पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । यो प्रकरणमा गत १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परिसकेका छन् । प्रहरीले बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको