अष्ट्रेलियाबाट बिदामा नेपाल गएका तपेन्द्रकाे माेटरसाइकल दुर्घटनामा मृत्यु

महेन्द्रनगर: बैशाख १८ गते, कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा तपेन्द्र बडुवालको मृत्यु भएको छ।
कृष्णपुरको बनदेवी मन्दिर नजिकै राेडमा राेकि राखेकाे एक मिनी ट्रकमा सुदूरपश्चिम प्रदेश ०२००४ प नम्बरको मोटसाइकल ठाेक्किदा बडुवालकाे घटनास्थलमै मृत्यु भएको हाे ।
श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने बाचा गरेका टपेन्द्र अब कहिल्यै अस्ट्रेलिया नर्फकिने गरि अस्ताएका छन्। मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि उनको परिवार शोकमा डुबेको छ।
प्रहरिका अनुसार हिजो आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको मिनी ट्रकसँग मोटरसाइकल ठोक्किँदा बडुवालको मृत्यु भएको थियो। बडुवालले चलाएको सुदुरपश्चिम प्रदेश ०२–००–४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किँदा मृत्यु भएको हाे । माेटर साइकलकाे अगाडिको भाग ट्रक भित्र पसेकाे छ।
बेदकोट नगरपालिका-१० का २८ वर्षका टपेन्द्र बडुवाल गत अप्रिल ९ तारिख मात्रै बिदामा नेपाल आएका थिए। विगत ५ वर्षदेखि मृतक तपेन्द्र र उनकी श्रीमती अष्ट्रेलिया बस्तै आएका थिए ।श्रीमतीलाई अष्ट्रेलियामै छाडेर बुडुवाल नेपाल गएका थिए ।
प्रतिकृया दिनुहोस्