June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्कँदा चारजना घाइते

वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर चार जना घाइते भएका छन् । आज आइतवार दिउँसो छतको पर्खाल खसेको हो ।जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

लगातारजसो परेको पानीका कारण छतको पर्खाल खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।उक्त कुरुवा घरमा आइसियूमा रहेका बिरामीको कुरुवा बस्छन्। तर, कुरुवा घरसँगै रहेको अग्लो पर्खाल जीर्ण र जोखिमपूर्ण बनेको छ। पर्खालले थिचेका उनीहरू चारैजनाको टाउकोमा चोट लागेको छ। यसअघि ६ महिनाअघि पनि अस्पतालको बाहिरी पर्खाल भत्कँदा १० जना कुरुवा घाइते भएका थिए। घटनाकाे थप विवरण आउन बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको