November 30, 2023, Thursday
२०८० मंसिर १४, बिहीबार

निरा हत्या प्रकरण,विनोदसँगै अन्य चार जनामाथि अनुसन्धान गर्दै प्रहरी

निरा पाण्डे आचार्यको हत्या अभियोगमा अन्य चार जनामाथि पनिप्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका विनोद विकसहित अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार झापाको धुलाबारीका विनोदसँगै अन्य चार जनामाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘एक जनासँग मात्रै होइन अन्य व्यक्तिहरू पनि शंकाको घेरामा छन् । हामीले ती व्यक्तिहरूमाथि पनि अनुसन्धान गरिरहेका छौं,’ ती अधिकारीले लोकान्तरसँग भने ।

उनीहरूलाई अनुसन्धान गर्न बनेको समितिले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीको भनाइ छ । उनीहरू संलग्न भएको हुनसक्ने केही प्रमाणहरू भेटिएकाले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

व्यवसाय गर्ने भएकाले निरासँग भएको पैसा र गरगहनाको लोभमा हत्या भएको हुनसक्ने कोणबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘प्रहरीले अनुसन्धान गर्ने विभिन्न पाटाहरू हुन्छन्।

हत्या भएको अवस्थामा शव फेला परेकी निराको शरीरमा चोटका डामहरू थिए भने उनले लगाएको सुनको गहनासमेत लुटिएको थियो ।विनोद काठमाडौंको एक क्लबमा बाउन्सरको रूपमा काम गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । वैशाख ७ गते दिउँसो चावहिलस्थित आफ्नै पसलमा हत्या भएको अवस्थामा पाण्डेको शव फेला परेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको