May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

प्रवासी नेपाली मञ्च दक्षिण काेरियाकाे आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम हुने

काेरिया बैशाख १३ गते,प्रवासी नेपाली मञ्च दक्षिण काेरियाकाे आयोजनामा यही अप्रिल ३० तारिख ( बैशाख १७ गते)का दिन प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ। त्यस्तै कार्यक्रम हुने स्थान निक नेपाल ट्राभलकाे सभाहल दाेङ्देमुन रहेकाे छ । आयाेज टिमका अनुसार कार्यक्रम हुने समय मध्याह्न १२ बजे रहेकाे छ। त्यसै कार्यक्रम व्यवस्थापनमा भने स्कुल तथा प्रशिक्षण विभाग रहेकाे छ।

प्रमुख अतिथिमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईकाे उपस्थिति रहनेछ ।

समृद्ध नेपाल निर्माणमा प्रवासीकाे याेगदान प्रवासबाट लगानी प्रवासबाटै मतदान भन्ने मुल नाराका साथ आयोजना हुने उक्त कार्यक्रममा प्रवासी नेपाली मञ्च दक्षिण काेरियाका सम्पूर्ण पदाधिकारहरुकाे उपस्थिति रहनेछन्। त्यसैगरी अन्य अतिथिहरु र यहाँ स्थिति नेपालीहरुकाे पनि उपस्थित रहने आयाेजक टिमले जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको