December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

रास्वपाले आचारसंहिता उल्लंघनमा क्षमा माग्ने सहमतिपछि चितवनमा मतदान सुचारु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचारसंहिता उल्लंघन गरेकोमा क्षमा माग्ने सहमति भएपछि चितवनको भोजाडस्थित नयाँ किरण मावि केन्द्रमा मतदान सुचारु भएको छ ।

आयोगबाट खटिएका कर्मचारीहरूको रोहबरमा दलका प्रतिनिधिहरूबीच भएको बैठकमा मतदान सुचारु गर्ने सहमति जुटेको हो ।सहमतिको पहिलो बुँदामा रास्वपाबाट आचारसंहिता उल्लंघन भएको भन्दै उक्त दलका तर्फबाट क्षमायाचना गर्ने उल्लेख छ ।

साथै मतदानस्थलको ३०० मिटर वरपर शान्ति सुरक्षा सुदृढ बनाउने, आचारसंहिता उलंघनबारे मुख्यनिर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने निर्णय पनि भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको