पाल्पामा बस दुर्घटना : १ जनाको मृत्यु, ३८ जना घाइते

पाल्पा – पाल्पामा आइतवार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।देवदह-३ रुपन्देहीकी ४० वर्षीया राधिका पौडेलको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परेर ३८ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भिर छ । घाइतेमध्ये केही बालबालिका पनि छन् ।
बुटवलबाट बागलुङको बुर्तिबाङका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्ग अन्तर्गत जोरधारामा दुर्घटना भएको थियो ।
हाल दुर्घटनामा घाइतेहरुको उद्धार गरी तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याएर उपचार गरिएको छ ।
बस सडकदेखि करिब ८० मिटर तल भीरमा खसेर अड्किएको थियो ।
प्रतिकृया दिनुहोस्