November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने

काठमाडौं, ३ वैशाख, प्रतिनिधि सभाको अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ ।आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

राष्ट्रियसभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सभामा टेबुल गरेका हुन् ।

यसैगरी राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको