सगरमाथा हिमपहिरोमा परि ३ जना बेपत्ता, खोजी कार्य जारी

File photo

काठमाडौं, बुधबार सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी तीन जना आरोही बेपत्ता भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार आज बिहान करिब ९ः३० बजे गएको हिमपहिलोमा परी आरोही दा छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा र लाक्पा रिता शेर्पा बेपत्ता भएका हुन् ।

यसैगरी सगरमाथा आधार शिविर (बेस क्याम्प) र शिविर १ बीचको बाँध खण्डमा उक्त घटना घटेको जनाइएको छ ।

बोर्डका निर्देशक युवराज खतिवडाले घटना लगत्तै बेपत्ताहरुको खोजी तथा उद्धारमा सिम्रिक हेलीसहित रेस्क्यू टिम सो ठाउँमा पुग्दा समेत उद्धार प्रयासमा असफल भएको जानकारी दिएका छन् ।