डढेलोले ह्वात्तै बढ्यो पदूषण, विशेष सावधानी अपनाउन आग्रह
काठमाडौं, पछिल्लो समय नेपालमा अत्यधिक डढेलोको कारण पदूषण निकै बढेको छ । बारा, पर्सा, चितवन लगायत देशभर १४० भन्दा बढी स्थानमा लागेको डढेलो र प्रदूषणका स्थानीय स्रोतका कारण काठमाडौँ उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको हो
बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएको वातावरण विभागले जनाएको छ ।
यसैगरी प्रदूषणको बढ्दो स्तरका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै विभागले विशेष सावधानी अपनाउन भनेको छ ।
यस्तै विशेष गरी बालबालिका, वृद्ध वृद्धा एवं श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरू बढी प्रभावित हुने भएकोले सकेसम्म घर बाहिर ननिस्किन विभागले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्