अडियो सही भए ढाका कारबाहीको भागिदार, निर्मम सजाय दिलाउन तत्पर रहेको रविको दाबी

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भैरहेको अडियो अनुसार सांसद ढाकाकुमार श्रेष्ठ दोषी पाइएमा आफूले दिएको समय सीमाभित्रै कारबाही गर्ने बताएका छन् ।
मंगलबार चितवनको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले अडियो सही भएमा सांसद श्रेष्ठ कारबाहीको भागिदार हुने बताएका हुन् ।
उनले भनेका छन्, ‘त्यो अडियो अथेन्टिक हो र हाम्रो समितिले त्यसलाई कारबाही गर्न योग्य मानेको छ भने कुनै पनि हालतमा कारबाही हुन्छ । केही समय सीमा मात्रै बाँकी छ । प्रक्रियामात्रै बाँकी छ । मैले आजै त्यो प्रतिवेदन प्राप्त गर्ने छु । भोलिनै केन्द्रीय समितिको बैठकको प्रवन्ध मिलाउन पनि म साथीहरुलाई अनुरोध गर्न चाहन्छु । यो फैसला मैलै दिएको समय सीमाभित्रै हुनेछ ।’
यसैगरी पार्टीको आडमा कसैले गतल काम गरेमा उनीहरुलाई नछाड्नेसमेत उनले बताए । उनले भने, ‘कुनै हराम खोरले मसँग फोटो खिचेको भरमा रवि दाई मेरो साथी हो भनेर पैसा खायो भने छाला त्यसको काढ्ने हो, अरुको होइन, मेरो होइन । आरोप मैले खेप्ने होइन । कसैलाई छोडिने छैन । निर्मम भन्दा निर्मम सजाय हुने छ ।”
प्रतिकृया दिनुहोस्