रविमाथी रेनुको आलोचना: “४ श्रीमती, २ वटा नागरिकता अहिले त दुई करोडका कुरा पनि!”

काठमाडौं, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेमाथि आलोचना गरेकी छिन ।
सोमबार चितवनको चुनावी सभालाई सम्बोधन गर्दै मेयर दाहालले चारवटा श्रीमती, दुईवटा नागरिकता र अहिले दुई करोडका कुरा आउँदापनि मान्छेहरु फेरि लामिछानेकै पछाडि भक्त भएकर कुदिराखेको आरोप लगाएकी छिन् ।
उनले रास्वपाका सभापति लामिछानेमाथि चारवटा श्रीमती, दुईवटा नागरिकता र अहिले दुई करोडका कुरा आउँदापनि मान्छेहरु फेरि लामिछानेकै पछाडि भक्त भएकर कुदिराखेको आरोप लगाएकी हुन् ।
उनले भनिन्, ‘यसो हेर्छु, अचम्म लाग्छ…रवि लामिछानेको पछाडि मान्छेहरू यत्तिकै क्या…। त्यसमापनि महिला दिदीबहिनीहरू छन्। चार-चारवटा श्रीमती बिहे गरेको छ। दुई-दुईवटा नागरिकता छन्। अहिले त दुई करोडका कुरा पनि आइसके। सबै चिजमा छलाङ छ। उल्टो मति उल्टो गति…यस्तो खालको अवस्था हुँदाहुँदा सबै मान्छे एकदमै भक्त भएर कुदिराख्नुभएको छ ।’
प्रतिकृया दिनुहोस्