December 9, 2023, Saturday
२०८० मंसिर २३, शनिबार

सरकार र मिटरब्याज पिडितको दोस्रो समूहबीच आज वार्ता हुँदै

काठमाडौं, आन्दोलनरत मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग आज सरकारी वार्ता टोलीले गृह मन्त्रालयमा वार्ता गर्ने भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार
हिजो शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको ठाउँमा पुगेर पहिलो चरणको वार्ता गरेको टोलीले सोमबार गृह मन्त्रालयमा वार्ता गर्ने भएको छ ।

उनले सञ्चारमाध्यमला भनेका छन्, ‘हिजो दुवै तर्फका वार्ता टोलीबीच परिचय भयो, आज १० बजे गृह मन्त्रालयमा वार्ता गर्ने सहमति भएको छ। दुवै पक्ष पीडितकै तर्फबाट कसरी समस्या समाधान गर्न सकिन्छ भन्नेमै रहेकाले प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय मुख्य छ ।’

शीर्ष समाचार

धेरै पढिएको