आजको मौसम: चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं, अहिले देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
यसैगरी गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
यस्तै मंगलबार पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ भने गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहोस्