December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

टियागो सिल्भाले पीएसजी छाडे

काठमाडौं, फ्रान्सेली फुटबल क्लब प्यारिश सेन्ट जर्मन पीएसजीका कप्तान टियागो सिल्भाले पीएसजी छाडेका छन् । इङ्लिश फुटबल क्लब चेल्सीले सिल्भालाई यसै साता दुई वर्षका लागि अनुबन्ध गर्न लागेको समाचारहरूमा जनाइएको छ ।

ब्राजिलको राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका ३५ वर्षीय सिल्भा सन् २०१२ मा ईटालियन क्लब एसी मिलानबाट पीएसजी आएका थिए ।

उनको कप्तानीमा पीएसजीले सात पटक लिग वान,  पाँच पटक कुप डे लिगा र पाँच पटक कुप डे फ्रान्स जितेको छ भने यस साल ५० वर्षको क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको उपविजेता बन्न सफल भयो ।

यसैबीच पीएसजीका अध्यक्ष नासिर अल खेलाफीले एउटा वक्तव्य जारी गर्दै टियागोलाई उनको योगदानका लागि धन्यवाद व्यक्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको