December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

काठमाडौं उपत्यकामा ६ हजार बेडको एकीकृत क्‍वारेन्टिन सञ्चालन गरिने

फाइल फोटो

काठमाडौं, काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टाइन सञ्चालन गरिने भएको छ ।

यसबारेमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक ईश्वर पोखरेलसहित उपत्यका नगरपालिका फोरमबीच भएको छलफलमा उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टिन सञ्चालन गर्ने सहमति भएको हो ।

छलफलमा उपत्यकामा तीन हजार बेड पुगिसकेको र अब तीन हजार थप्नेबारेमा छलफल गरी सहमति भएको फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले बताएका छन ।

शहरी विकास मन्त्रालयले व्यबस्थापन गर्ने क्वारेन्टिनस्थलको स्थानीय तहसँगको समन्वयमा खोजी गरी पहिचान गरिने भएको छ । उनका अनुसार उपत्यकामा दुई हजार बेडको आइसोलेसन तयार भएको र स्थानीय तहसँगको समन्वयमा केही निजी अस्पतालको सहमतिमा थप एक हजार बेडको आइसोलेसन तयार गर्ने सहमति भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको