March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

नेपालमा उत्पादित अदुवा निर्यातमा १२० प्रतिशतले वृद्धि

काठमाडौं- पछिल्लो समय नेपालमा उत्पादित अदुवा निर्यातमा वृद्धि आएको छ । चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा नेपालबाट ७३ करोड ७७ लाख रुपैया बराबरको अदुवा निर्यात भएको छ । यो गतबर्षको सोही अवधिको तुलनामा १ सय २० दशमलव चार प्रतिशतले बढी हो ।

भन्सार विमागका अनुसार गतबर्ष यही अवधिमा नेपालबाट ३३ करोड ४६ लाख ७३ हजार रुपैयाँ बराबरको अदुवा निर्यात भएको थियो । नेपालमा उत्पादित अदुवा विभिन्न मुलुकमा औषधीका रुपमा प्रयोग हुने गरेकाले विदेशमा माग बढ्दै गएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ ।

अदुवा नेपालबाट निर्यातयोग्य वस्तुको शून्य दशमलव सात प्रतिशत हिस्सा रहेको छ । नेपालमा उत्पादित अदुवा भारत, बंगलादेश, नेदरल्याण्ड, जापान, जमर्नी, यूएई, कतार लगायतका मुलुकमा निर्यात हुने गरेको मन्त्रालयले जनाएको छ ।

नेपालको अदुवा सबैभन्दा धेरै भारतमा नियात हुने गरेको छ । पछिल्लो आठ महिनामा भारतमा ६५ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको १७ हजार मेट्रिक टन बढी अदुवा निर्यात भएको छ ।

यसैगरी जर्मनमा सात करोड ८० लाख २४ हजार रुपैयाँ बराबरको एक लाख १९ हजार केजी, कतारमा ४० लाख छ हजार रुपैयाँ बराबरको १२ अदुवा निर्यात भएको छ ।

नेपालमा उत्पादित अदुवा भारत, बंगलादेश, नेदरल्याण्ड, जापान, जमर्नी, यूएई, कतार लगायतका मुलुकमा बढी निर्यात हुने गरको तथ्यांक छ । नेपालमा बर्षेनी तीन लाख मेट्रिक टनसम्म अदुवा उत्पादन हुने गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको