March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

मिटरब्याज पीडित १२ दिन पैदल हिँडेर खुलामञ्चमा आइपुगे

काठमाडौं आइपुगेका मिटरब्याजी पीडित सोमबार अपराह्न खुलामञ्च क्षेत्रमा आइपुगेका छन् ।चैत २ गते महोत्तरीबाट चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ७३ जना मिटरब्याजपीडित आइतबार काठमाडौं आइपुगेका हुन् ।

काठमाडौं आइपुगेका उनीहरू सोमबार खुलामञ्चमा बस्ने तयारीमा थिए ।

काठमाडौं महानगरपालिकाले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न नदिएपछि सडकमा धर्ना दिएर बसेका छन् ।मिटरब्याजी पीडितहरू खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी परिचालन गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको