March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

मिटरब्याजी पीडितहरूलाई काठमाडौँ महानगरले खुलामञ्चमा बस्न नदिने

काठमाडौं, १३ चैत्र । काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न र बस्न रोक लगाएको छ ।

गत चैत २ गते महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरूले खुलामञ्चमा बसेर आफ्ना माग पुरा गर्न सरकारलाई दबाब दिने तयारी गरेका थिए ।

पीडितहरू खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी तैनाथ गर्नुका साथै प्रवेशद्वारामा ताल्चा मारेको छ ।

काठमाडौँ नगर प्रहरी प्रमुख राजु पाण्डेले पीडितहरूलाई बस्न गौशालास्थित धर्मशालामा व्यवस्था गरिएकाले खुलामञ्चमा बस्न नदिएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको