काठमाडौं, केहि दिनयता कुलमान घिसिङलाई पुनः नेपाल प्राधिकरण प्रमुख कार्यकारीमा नियुक्त गरेको सुचना, समाचार र लेखले सामाजिक सञ्जाल भरिभराउ भएको थियो ।
तर यी सबै खालका समाचारहरुमा सत्यता नभएको खतिवडाको अभिव्यक्तिबाट पनि प्रमाणित भएको छ ।
उक्त कुराको अन्योलता चिर्दै कुलमान घिसिङलाई सामाजिक सञ्जालले प्रमुख कार्यकारीमा नियुक्ति गर्यो होला तर सरकारले नियुक्ति नगरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका छन् ।
सामाजिक सञ्जालको उक्त सुचनामा कुनै सत्यता नभएको र यस विषयमा सरकारले कुनै पनि निर्णय तथा छलफल नगरेको खतिवडाले मन्त्रीपरिषदको बैठकका निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलनमा बिहिबार बताएका हुन् ।







