December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

थप १ हजार १११ जनामा कोरोना पुष्टि,सङ्क्रमितको सङ्ख्या ३५ हजार नाघ्यो

काठमाडौं, पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको छ । यी सङ्क्रमितमध्ये ३७७ जना उपत्यकाको रहेका छन । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।

आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार २ सय ६३ रहेका छन । बिहिवार ५६९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन । आज नेपालमा ५ जना महिला र तिन जना पुरुष गरि ८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन । मृत्यु हुनेको कुल सङ्ख्या १ सय ८३ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको