December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

चितवन-२ बाट आफूलाई स्वतः निर्वाचित गर्न उमेश श्रेष्ठको निर्वाचन आयोगमा निवेदन

नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नं. २ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

श्रेष्ठले हिजो निर्वाचन आयोग पुगेर निवेदन दिनुभएको हो । चितवन-२ बाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएका श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजय हुनुभएको थियो ।

सभापति लामिछानेले केहि समयअघि नागरिकता विवादमा पद गुमाउनु भएको थियो । निवेदन दर्ता गरेसँगै श्रेष्ठले पत्रकार सम्मेलनमार्फत लामिछानेले स्वघोषणा गरी आफु नेपाली नागरिक भएको भ्रममा निर्वाचन आयोगलाई पारेको बताउनुभयो ।

गलत स्वघोषणा गरेको अवस्थामा लामिछानेको यो कार्यलाई कानुनी दायरभित्र ल्याउनुपर्ने दायित्व आयोगको रहेको उहाँले बताउनुभयो ।निर्वाचन आयोगले भने पद रिक्त भएको अवस्थामा उपनिर्वाचनबाट नै पदपुर्ति गर्ने कानुनी व्यवस्था रहेको बताँउदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको