
रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला गरेपछि उनको सांसद र मन्त्री पद खारेजी भएको छ ।
सांसद र मन्त्रीमात्रै नभएर उनी पार्टीको सभापति पनि रहेनन् । लामिछानेले अमेरिकाको नागरिकता परित्याग गरे पनि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै अदालतले उनलाई सांसद उम्मेदवार हुन अयोग्य रहेको फैसला छ । उनको सांसद पद खारेजी भएपछि अब उनी निर्वाचित चितवन २ मा उपनिर्वाचन हुने भएको छ।विले भने अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताएका छन् ।
यसअघि उनले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि नेतृत्वविहीन बनेको छ। संसदीय दलमा भने दलको उपनेतामा विराजभक्त श्रेष्ठ छन् । अब पार्टी सभापतिमा भने कसलाई अघि बढाउने भन्नेबारे छलफल हुने सो दलका नेताहरुको दाबी छ ।







