March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

लिदी पहिरो पिडितलाई राहतसँगै संक्रमणको त्रास

सिन्धुपाल्चोक, लिदी पहिरोबाट बिस्थापित भई बाँसखर्क आएका स्थानीयलाई बाहिरबाट आउनेहरुसँग सचेत रहन आग्रह गरिएको छ ।

अस्थाई बसोबास व्यवस्थित भै नसकेको र कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले राहत लिने क्रममा सुरक्षा सतर्कतामा बिशेष ख्याल राख्न सभामुखअग्निप्रसाद सापकोटाले बासखर्कै पुगेर आग्रह गरेका छन ।

राहत दिनेहरु पिडितसामु नै पुग्न चाहाने र उनीहरुमा संक्रमण भए नभएको स्थानीयलाई जानकारी नहुने हुनाले यहाँको स्वास्थ्य व्यवस्थालाई कडाइका साथ व्यवस्थापन मिलाउन स्वास्थ्य तथा जिल्ला प्रशासन कार्यालयलाई सभामुख सापकोटाले निर्देशन पनि दिएका छन ।

यसैगरी, जिल्ला समन्वय समिति तथा जुगल गाउँपलिकाले राहतदाता, संचारकर्मी तथा पिडितहरु सामु जान चाहनेहरुलाई एकद्वार नीतिको अवलम्बन गरिदिन पनि अग्रह गरेको छ ।

पछिल्ला दिन चौतारा आसपास संक्रमण बढेकाले यस बिषयमा थप सतर्कता आवस्यक भएकाले यसका लागि गृहकार्य सुरु गरि सकिएको प्रमुख जिल्लाअधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन ।

बाँसखर्क आइपुग्नु भएका जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले सिन्धुपाल्चोकबाट मुलुकभरलाई नमुना देखाउन सकिने बस्ती निर्माणको सुरुवात गर्न लागिएको जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको